राष्ट्रपति भण्डारीले आज मेलम्ची पानीको औपचारिक उद्घाटन गर्ने

काठमाडौं । काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा दिउँसो दुई बजेपछि नवनिर्मित धारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक उदघाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ । काठमाडौँमा गएको आइतबारदेखि नै मेलम्चीको पानी वितरण शुरु गरिएको थियो । … Continue reading राष्ट्रपति भण्डारीले आज मेलम्ची पानीको औपचारिक उद्घाटन गर्ने